Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नारायणकाजी श्रेष्ठ भन्छन् – गठबन्धन कहिलेसम्म रहन्छ भन्ने ‘ग्यारेन्टी’ छैन

    नारायणकाजी श्रेष्ठ भन्छन् – गठबन्धन कहिलेसम्म रहन्छ भन्ने ‘ग्यारेन्टी’ छैन

    अनलाइन नेपाल
  • मंगलबार, २४ साउन २०७९
  • 3.3K
    SHARES

    गोरखा । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धन कहिलेसम्म कायम रहन्छ भनेर ‘ग्यारेन्टी’ गर्न नसकिने बताएका छन् ।

    विश्व आदिवासी जनजाति दिवसका अवसरमा आज मङ्गलवार गोरखाको पालुङटारमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले गठबन्धनको भविष्य सत्तामा रहेका प्रमुख दलहरूको व्यवहारमा भर पर्ने बताए ।



    ‘प्रतिगमन विरोधी सङ्घर्षका क्रममा पाँच दलीय गठबन्धन बनायौँ, यो एउटा सन्दर्भमा बनेको हो’, श्रेष्ठले भने, ‘यसलाई ठिक ढङ्गले लैजान सुझबुझ सत्तासीन प्रमुख पार्टीहरूले देखाएनन् भने हामी यसको ग्यारेन्टी हरहमेशा गर्न सक्दैनौँ ।’ गठबन्धन ठिक ढङ्गले कसरी अघि बढाउने भनेर अहिले गृहकार्य भइरहेको पनि उनको भनाइ छ ।



    अर्को प्रसङ्गमा नेता श्रेष्ठले नेपालको राष्ट्रियतामा जोखिम हुने गरी कहीँ कतैबाट गतिविधि हुन्छ भने तमासा हेरेर बस्न नसकिने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार