Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • भारतीय दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस

    भारतीय दूतावासले मनायो ७६ औं स्वतन्त्रता दिवस

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 945
    SHARES

    काठमाडौं । नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७६ औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी स्वतन्त्रता दिवस मनाएको हो ।

    भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए ।



    कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई समेत सम्मान गरिएको थियो । राजदूतले भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकका आफन्तहरुलाई दुई करोड ५५ लाख रुपैयाँ वितरण गरी सम्मान गरेको दूतावासले जनाएको छ ।



    त्यस अवसरमा भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरूको सम्मानमा गीत, संगीत प्रस्तुत गरिएको थियो । भारतले सन् १९४७ देखि हरेक वर्ष तत्कालीन ब्रिटिस शासकबाट मुक्ति पाएको दिन अगस्ट १५ लाई स्वतन्त्रता दिवसको रुपमा मनाउँदै आएको छ ।  भारत सरकारको ‘आजादी का अमृत महोत्सव’ स्वतन्त्र भारतको यात्रामा ऐतिहासिक कोसेढुंगा पार गरेको सम्झनामा मार्च २०२१ बाट सुरू गरिएको यो महोत्सव १५ अगस्ट २०२३ सम्म जारी रहनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार