Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ?

    मेयर बालेनको आरोप – फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो

    मेयर बालेनको आरोप – फोहोर विसर्जनमा सत्तारुढ र विपक्षी दलबाटै अवरोध भयो

    अनलाइन नेपाल
  • सोमबार, ३० साउन २०७९
  • 906
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सत्तारुढ दल र विपक्षी दलले नै फोहोर विसर्जनमा अवरोध गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत मेयर साहले फोहोर विसर्जनमा सत्तारुढ दलका स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरिएको बताएका हुन् ।

    उनले सोमबार पनि फोहोर विसर्जनको काम सहज नभएको बताए । त्यस्तै विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि सडक अवरुद्ध पार्न सघाएको उनले आरोप छ । उनले उपत्यकाको फोहोर विसर्जनलाई लिएर केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै भएको बताए ।



    फोहोर फाल्न अवरोध हुनुमा गहिरा र अलग्गै कारण भएको उनको भनाई छ । स्वार्थको व्यवस्थापनभन्दा पनि फोहोरको व्यवस्थापन गर्नु पर्नेमा उनले जोड दिए । ‘सत्तारुढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरियो’ उनले लेखेका छन्, ‘जसलाई विपक्षी दलहरू एमाले र राप्रपाका स्थानीय नेताहरूले पनि साथ दिएको देखियो।’



    यद्यपि २०० भन्दा बढी प्रहरीहरूको परिचालनबाट फोहोरका गाडीहरू बञ्चरे लगिएको र केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरिएको उनले जानकारी दिए ।

    उनले भने ‘यहाँ केहि कमजोरी, केहि गल्ति भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्याएर अपराध गर्ने छैनौँ । यसका लागि केहि समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगीताका लागि महानगर संवेदनशील छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार