Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेटवार्ता

    अर्थमन्त्री शर्मा र हर्क साम्पाङबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 882
    SHARES

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र धरानका मेयर हर्क साम्पाङबीच मंगलवार भेटवार्ता भएको छ । मन्त्री शर्मा र मेयर साम्पाङबीच मंगलवार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।

    भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका थिए ।



    प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने मन्त्री शर्माले आश्वासन दिएका थिए ।



    भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका थिए । भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार