Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • पसल फोडी लाखौँका सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ

    पसल फोडी लाखौँका सामान चोरी गरेको आरोपमा दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 849
    SHARES

    फाइल फोटो

    काठमाडौं । पसल फोडेर लाखौँका सामान चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    बर्दिबास-१४ स्थित दिनेश कृषि इञ्जीनियरिङ वर्कसपको सामान चोरी गर्ने बर्दिबास-१४ का २१ वर्षीय नवीन जर्घामगर र २४ वर्षीय शनि महतो पक्राउ परेका हुन्।



    इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गत आइतबार राति वर्कसपबाट जेसिवीको हाइड्रोलिक पम्प पाँच थान, आठ एमएमको प्लेट एक सय ८० किलो, वेल्डिङ रड पाँच कार्टुन, टेबुल पङ्खा लगायतका रु सात लाख ६५ हजार मूल्य बराबरको सामान चोरी भएको थियो।



    चोरिएका सामानसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार