Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • विपन्न किसानलाई उद्यम गर्न ८ प्रतिशत भन्दा कम ब्याजदरमा सहुलियत ऋण

    विपन्न किसानलाई उद्यम गर्न ८ प्रतिशत भन्दा कम ब्याजदरमा सहुलियत ऋण

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 729
    SHARES

    काठमाडौं । विपन्न किसान र श्रमिकले उद्यम गर्न बढीमा ८ प्रतिशत ब्याजदरमा सरकारबाट सहुलियत ऋण पाउने भएका छन् ।

    सरकारले राष्ट्रिय लघुवित्त कोष स्थापना गरेर विपन्न किसान तथा मजदुरलाई एक अंकको ब्याजदरमा ऋण उपलब्ध गराउने गरि कार्यविधि तयार पारेको हो ।



    अर्थ मन्त्रालयले तयार पारेको राष्ट्रिय लघुवित्त कोष सञ्चालन कार्यविधिमा ५ अर्बको कोष स्थापना हुने र त्यही कोषमार्फत् विपन्न वर्गका ७० लाख नागरिकलाई सहुलियत ऋण दिने उल्लेख छ ।



    सरकारले आर्थिक वर्ष २०७९र८० को बजेटमा किसानलाई आवश्यक पर्ने कृषि कर्जा जनताको घरदैलोमा पु¥याउन ५ खर्ब बराबरको कर्जा प्रवाह गर्न लघुवित्तकोष स्थापना गर्ने उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार