Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत

    निर्वाचन सुरक्षामा १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न अर्थ मन्त्रालय सहमत

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न सहमति दिएको छ ।

    आइतबार अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई त्यसबारे सहमति दिएको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।



    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि १ लाख २० हजार भन्दा धेरै म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरीले प्रस्ताव गरेको थियो । तर, अर्थले प्रहरीको प्रस्तावलाई कटौती गरेर अनुमति दिएको छ ।



    मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा म्यादी प्रहरी धेरै चाहिने प्रहरी प्रधान कार्यालयको निष्कर्ष छ ।

    प्रहरी प्रधान कार्यालयले १ लाख २० हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रस्ताव बनाएर गृह मन्त्रालयमार्फत अर्थमा पठाएको थियो । अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरी प्रधान कार्यालयले कार्यविधि बनाएर म्यादी प्रहरीका लागि दरखास्त आह्वान गर्ने कानुनी व्यवस्था छ ।

    ४ मंसिरको निर्वाचनमा करिब दुई लाख ९० हजार सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

    नेपाल प्रहरी ७२ हजार, सेना ७० हजार, सशस्त्र प्रहरी ३० हजार र राष्ट्रिय अनुसन्धान विभागका दुई हजार कर्मचारी चुनावी सुरक्षामा खटिनेछन् । त्यस्तै, एक लाख १५ हजार म्यादी हुनेछन् ।

    नेपाल प्रहरीले सम्हाल्दै आएका कारागार, विमानस्थललगायतको सुरक्षा जिम्मेवारी सेनालाई दिएर त्यहाँका प्रहरीलाई निर्वाचनमा खटाउने गृह मन्त्रालयको तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार