Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चुनवापछि काँग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा

    चुनवापछि काँग्रेसको नेतृत्वमा सरकार बन्छ : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि आफ्नै पार्टी नेतृत्वमा सरकार बन्ने दावी गरेका छन् ।

    ‘प्रशासन व्यवस्थापन र विकास केन्द्र’ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    सत्तारुढ गठबन्धन मिलेर चुनावमा जाने र आफ्नै पार्टी नेतृत्वमा आगामी निर्वाचन पछि पनि सरकार बन्नेमा कुनै अलमल नरहेको महामन्त्री थापाले बताए ।



    उनले केही दिनभित्र गठबन्धन दलहरुबीच सिट बाँडफाँडको विषयमा टुंगो लाग्ने विश्वास समेत व्यक्त गरे ।

    महामन्त्री थापाले गठबन्धन दलहरुबीच सिट बाँडफाँड टुंगिने वित्तिकै उम्मेदवार तय गरेर निर्वाचनको अभियानमा जुट्ने पनि बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार