Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोकाकोला कम्पनीका मजदुरहरु आन्दोलनमा, ४८ जना मजदुरलाई पुनर्वहाली गर्न माग

    कोकाकोला कम्पनीका मजदुरहरु आन्दोलनमा, ४८ जना मजदुरलाई पुनर्वहाली गर्न माग

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 1.6K
    SHARES

    चितवन । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड (कोकाकोला) मा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। भरतपुरको गोन्द्राङमा रहेको कम्पनीले निकालेका ४८ जना कर्मचारीहहरुको पुर्नवाहालीको माग राख्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।

    अखिल नेपाल टे«ड यूनियन महासंघको नेतृत्वमा ज्ञापनपत्रसहित ७ बुदें माग राखेर मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुल प्रशासन समक्ष राखेको माग पूरा नभएपछि आफूहरु बाध्य भएर आन्दोलनमा होमिएको जनाएका छन् ।



    मनपरी तवरले मजदुरहरुलाई दमन गर्दै आएको कम्पनीले जागिरबाट निस्कास नै गरेपछि आन्दोलनमा उत्रिएको टे«ड यूनियन महासंघ भरतपुर महानगरका अध्यक्ष नवराज लामिछानेले बताए । उनले माग पूरा नगरे आन्दोलनबाट उत्पन्न हुने परिणामको जिम्मा बोटलर्स नेपालको व्यवस्थापनले लिनुपर्ने पनि जनाएका छन् ।



    कम्पनीबाट निष्कासित ४८ जना श्रमिक मजदुरहरुलाई यथासिघ्रपूनर्बहाली, खानेपानी, स्वास्थ्य, सरसफाई, वायू प्रदुषण, र विकास सम्बन्धी समस्याहरु समाधान आफूहरुको मुख्य माग रहेको महासंघ भरतपुरका महानगरका सचिव गोविन्द तिवारीले जानकारी दिए ।

    झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले कर्मचारीहरुलाई ननिकाल्न मजदुरहरुले माग गरेका छन् ।

    महानगरले गरेको यस कार्यको अखिल नेपाल टे«ड यूनियन महासंघ जिल्ला समितिले पनि समर्थन गरेको जिल्ला संयोजक यदुमणि कंडेलले जानकारी दिएका छन् ।

    यसअघि बोटलर्स नेपालले २०७७ सालमा ४४ जना मजदुरहरुलाई कम्पनीले कामबाट निकाल्दा आन्दोलन भएपछि पुनः काममा राखेको थियो ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार