Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतले चामल निर्यातमा लगायो २० प्रतिशत कर, नेपालमा अभाव हुन सक्ने

    भारतले चामल निर्यातमा लगायो २० प्रतिशत कर, नेपालमा अभाव हुन सक्ने

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौँ । विश्वको सबैभन्दा धेरै चामल ढुवानी गर्ने भारतले घरेलु आपूर्ति सुरक्षित गर्न केही निर्यातमा कर लगाएको छ ।

    यो कदमले विश्वव्यापी खाद्य बजारमा थप हड्ताल र भोकमरीको अवस्था निम्तिन सक्ने विश्लेषण हुन थालेको छ । त्यसको सोझो असर भने नेपालमा पर्ने देखिएको छ ।



    नेपालमा भारतीय बजारमा करिब ४० अर्ब रुपैयाँ बराबरको चामल आयात हुने गरेको छ । भारतले चामल निर्यातमा कर लगाएपछि भारतीय चामलको मूल्य बढ्नेछ । भारतीय निर्णयले नेपालमा चामलको मूल्य बढ्नुका साथै अभाव सिर्जना हुने चिन्ता पनि व्यक्त हुन थालेको छ ।



    भारतीय अर्थ मन्त्रालयका अनुसार ब्राउन चामलमा २० प्रतिशत निर्यात शुल्क लाग्नेछ । सेमी मिल्ड र होली मिल्ड चामल, परबोइल्ड र बासमती जात बाहेकमा समान शुल्क हुनेछ ।

    विश्वव्यापी चामल व्यापारको ४० प्रतिशत हिस्सा ओगटेको भारतको यो निर्णयले भोकमरी र बढ्दो खाद्य संकट तथा बढ्दो मुद्रास्फीतिसँग संघर्ष गरिरहेका देशहरूमा थप दबाब दिनेछ । एसियाले मात्रै विश्वको ९० प्रतिशत धान उत्पादन र खपत गर्छ । भारतले चामलको निर्यात शुल्क बढाउनुभन्दा अघि गहुँ र चिनीमा निर्यात प्रतिबन्ध लगाएको थियो ।

    भातरको केही क्षेत्रमा वर्षा नहुँदा यस सिजनमा रोपाइँ ५ दशमलव ६ प्रतिशतले घटेपछि धान निर्यातमा प्रतिबन्ध लगाइएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार