Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • अमेरिका भ्रमण सफल भएको आईजीपी सिंहको दाबी

    अमेरिका भ्रमण सफल भएको आईजीपी सिंहको दाबी

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंह स्वदेश फिर्ता भएका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित सदस्य राष्ट्रका प्रहरी प्रमुखको सम्मेलनमा भई आईजीपी सिंह शनिबार स्वदेश फर्किंएका हुन् । उनी यही भदौ १३ गते अमेरिका प्रस्थान गरेका थिए ।

    प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले स्वागत गरेका छन् । विमानस्थलमा कुराकानी गर्दै आईजीपी सिंह उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र A4P (Action for Peacekeeping)/ A4P+ को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको जानकारी दिए ।



    नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उनले बताए । साथै उनले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको बताए ।



    यस्तै समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको आईजीपी सिंहको भनाई छ । भदौ १५ गते सुरु भएको कार्यक्रम १७ गते सम्पन्न भएको थियो । उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो । भने नेपालको तर्फबाट चार सदस्यीय टोली सहभागी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार