Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रचण्ड भन्छन् – लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ

    प्रचण्ड भन्छन् – लाखौँको भीडमा पनि एक्लो महसुस हुँदैछ

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 744
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौं करोडौं मानिसका बीचमा रहेपनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।

    माओवादी केन्द्रका सांसद सुदन किरातीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को बुधबार लोकार्पण गर्दै उनले यस्तो भनेका हुन्।



    प्रचण्डले जनयुद्धका बेला सिंगो मानव जातिका लागि काम गरेको अनुभूति भएको स्मरण पनि सुनाए। तर जनयुद्ध छाडेर यो अवस्थासम्म आइपुग्दा एक्लो महसुस भइरहेको उनले बताए।



    प्रचण्डले जीवनको बोध हुन छाडेको बताउँदै आफूहरुले स्वार्थका लागि काम गरिरहेको जस्तो लागिरहेको पनि बताए। अहिलेको अवस्था जे-जस्तो भएपनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार