Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त

    एनआरएनए युके अध्यक्ष प्रेम गाहामगर बर्खास्त

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युकेका शाखाका अध्यक्ष प्रेम गाहामगरलाई बर्खास्त गरेको छ ।

    उनलाई संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवाञ्छित क्रियाकलापमा संलग्न भएको ठहर गर्दै बुधबारदेखि लागू हुने गरी कारबाही गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।



    संघका महासचिव गौरीराज जोशी र महासचिव डा.केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रूपमा मगरले संघको विधानविपरीत विवादास्पद, गैरजिम्मेवार र अवाञ्छित क्रियाकलापमा संलग्न भएको ठहर गरिएको छ ।



    पत्रमा गैरआवासीय नेपाली संघ संयुक्त अधिराज्यको विधान २००५ (२०१७ को संशोधनसहित) को धारा ४१ अनुसारको पत्र केन्द्रमा आएपछि अध्ययन गर्दा कारवाही गर्नुपर्ने पर्याप्त आधार र कारण देखिएको उल्लेख छ ।

    यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्यसमितिका २९ मध्ये २४ जना पदाधिकारीले उनलाई अध्यक्षको रूपमा अविश्वास गरी कारबाही गर्ने निर्णयसहित केन्द्रमा उजुरी दर्ता गरेका थियो ।

    गाहामगरलाई गैरआवासीय नेपाली संघ युकेका सम्पूर्ण सम्पत्ति, कागजात, कार्यालयका सामग्री कार्यसमितिलाई दुई हप्ताभित्र हस्तान्तरण गरिदिन तथा गैरआवासीय नेपाली संघका नाममा कुनै गतिविधि नगर्न नगराउन पत्रमार्फत निर्देशन दिइएको छ ।

    उनी संघको १० औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिलाई अस्वीकार गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रेसका नेताद्वय पूर्णबहादुर खड्का, गगन थापा लगायतलाई जेल हाल्ने धम्की दिएर विवादमा मुछिएका थिए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार