Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

    आजदेखि तीन दिनसम्म विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 630
    SHARES

    काठमाडौं । आजदेखि तीनदिनसम्म आठौँ संविधान दिवस मनाइँदैछ ।

    नेपालको नयाँ संविधान–२०७२ जारी भएको ७ वर्ष पुगेर ८ वर्ष लागेको अवसरमा सरकारले संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन आग्रह गरेको छ ।



    आजदेखि पर्सिसम्म तीनदिन कार्यक्रम हुनेछन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट सङ्घीयतासहितको ‘नेपालको संविधान’ जारी भएको थियो ।



    त्यही दिनलाई राष्ट्रिय पर्वका रूपमा मानेर हरेक वर्ष संविधान दिवस मनाउने गरिन्छ । यसवर्षको संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संयोजकत्वमा मूल समारोह समिति गठन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार