Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • वीर अस्पताल अगाडिका औषधि पसल भत्काउने भएपछि व्यवसायीले मागे सात दिनको समय

    वीर अस्पताल अगाडिका औषधि पसल भत्काउने भएपछि व्यवसायीले मागे सात दिनको समय

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 894
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएपछि व्यवसायीहरुले कम्तीमा सात दिनको समय मागेका छन्।

    महानगरले आज बिहीबार दिउसो १ बजेसम्म पसल खाली गर्न माइकिङ गरेपछि व्यवसायीहरुले भ्याक्सिन तथा अन्य संवेदनशील औषधि सार्न समय लाग्ने भन्दै कम्तीमा सात दिनको समय दिन माग गरेका हुन्।



    वीर अस्पताल अगाडि नक्सा पास नभएको संरचनामा पाँच वटा औषधि पसल सञ्चालनमा छ।



    महानगरले भने यसअघि नै ३५ दिनको सूचना जारी गरेको थियो ।

    वीर अस्पतालको नक्सामा बगैँचा देखिएको ठाउँमा टहरा निर्माण गरी औषधि पसल सञ्चालन गरेको पाइएपछि महानगरपालिकाले ती पसलहरु हटाउन लागेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार