Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले प्रवेश गर्दै सर्वेन्द्रले भने – ओलीजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने नेता कोही भेटिन

    एमाले प्रवेश गर्दै सर्वेन्द्रले भने – ओलीजस्तो राष्ट्रवादी र सत्यको पक्षमा लाग्ने नेता कोही भेटिन

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 945
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले आफु नेपाल प्रहरीको संगठनमा विभिन्न पद हुँदै प्रमुख समेत भएर काम गर्दा केपी ओलीजस्तो प्रधानमन्त्री कोही नपाएको बताएका छन् ।

    बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गर्दै खनालले इन्सपेक्टर हुँदैदेखि केपी ओलीका राष्ट्रवादी कदम र अडानबाट आफू प्रभावित भएको  बताए ।



    खनालले भने, ‘मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’



    खनालले प्रहरी संगठनमा आफू विभिन्न पदमा रहेका बेलामा अन्यायमा पर्दा ओलीलाई आफ्नो समस्या सुनाएपछि समाधान भएको पनि बताए ।

    बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई ओलीले पार्टी प्रवेश गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार