Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : शहरी विकासमन्त्री चौधरी

    जनकपुरधामले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ : शहरी विकासमन्त्री चौधरी

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 951
    SHARES

    धनुषा । शहरी विकास मन्त्री मेटमणि चौधरीले धार्मिक एवं सांस्कृतिक धरोहर जनकपुरधामले धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको बताएका छन् ।

    जलेश्वर-जनकपुर-धनुषाधाम धार्मिक पर्यटकीय कोरिडोरमा पर्ने मठ, मन्दिर सौन्दर्यीकरणको लागि पूर्वाधार निर्माण आयोजनाको शिलान्यासपछि आयोजित सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।



    मन्त्री चौधरीले भने, ‘ऐतिहासिक सम्पदा जनकपुरधाम भ्रमण गर्न वर्षेनी लाखौँ लाख पर्यटक आउने गरेका छन् । खासगरि हिन्दु धर्ममा विश्वास गर्नेहरुको लागि यो पवित्र स्थल हो । यसको मौलिकता जोगाउँदै यस क्षेत्रलाई सौन्दर्यीकरण गर्न सके यस क्षेत्रले धार्मिक पर्यटनको ठुलो सम्भावना बोकेको छ ।’



    जनकपुरधाम नेपालमा मात्र नभई विश्वमै परिचित स्थल रहेको बताउँदै मन्त्री चौधरीले सहरी मन्त्रालयले यस क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार