Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी

    चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 873
    SHARES

    दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् ।

    सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    उनले भने, ‘राजा महेन्द्रले जननिर्वाचित विपि कोइरालाको सरकार कु गरेपछि दलहरू एक ठाउँमा आउने क्रम सुरु भएको हो । बहुदलीय व्यवस्था ल्याउने जन चाहनाका कारण ०४६ सालमा पनि हामी एक भयौँ ।



    त्यसपछि ०६२÷६३ सालमा फेरि हामीहरू एक ठाउँमा आइपुग्यौँ । केपी ओलीको निरङ्कुशता र स्वेच्छाचारिता उत्कर्षमा पुगेपछि, नयाँ संविधानमाथि उनले धावा बोलेपछि फेरि एक पटक हामीहरू एक ढिक्का भएका छौँ । त्यस कारण सबैले बुझ्न जरुरी छ कि चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन ।’

    एमालेले गठबन्धनका विरुद्ध विष बमन गरिरहेको बताउँदै मन्त्री चौधरीले जनता अब संविधान जोगाउन, मुलुकलाई स्थिरतातर्फ लैजान गठबन्धनका पक्षमा उभिन थालेपछि एमालेहरू आत्तिन थालेको मन्त्री चौधरीले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार