Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सहरी विकासमन्त्री चौधरी भन्छन् – प्रतिगमनकारी ओली कम्पनीलाई दण्डित गर्ने बेला आयो

    सहरी विकासमन्त्री चौधरी भन्छन् – प्रतिगमनकारी ओली कम्पनीलाई दण्डित गर्ने बेला आयो

    अनलाइन नेपाल
  • आइतबार, १६ असोज २०७९
  • 963
    SHARES

    दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले लोकतन्त्रको हरण गर्न खोज्ने केपी शर्मा ओली कम्पनीको आयु मङ्सिर ३ गते सकिने बताएका छन् ।

    एकीकृत समाजवादी पार्टी राजपुर गाउँ कमिटीले आइतबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रम बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।



    उनले प्रतिगमनकारीहरू लाई अब जनताले दण्डित गर्ने बेला आएको बताए । जनताले प्राप्त गरेको उपलब्धिलाई नै धरापमा पार्ने काम गरेकाले आगामी मङ्सिर ४ मा प्रतिगमनकारी ओली कम्पनीलाई दण्डितले गर्ने उपयुक्त समय रहेको बताए ।



    उनले भने–‘ ओली कम्पनीको आयु अब मङ्सिर ३ सम्म मात्रै हो । जनताले आफ्नो अधिकार र मुलुकले प्राप्त गरेको उपलब्धि मास्ने ओलीलाई दण्डित गरेर छोड्ने छन् । ’

    ओली कम्पनीले कानुनी राज्यमा पनि तानाशाह प्रवृत्तिमा संघीय लोकतान्त्रिक व्यवस्था उपलब्धि माथि प्रतिकार गरेकाले मुलुकको प्राप्त उपलब्धिको रक्षाका लागि लोकतान्त्रिक शक्तिहरू एक ढिक्का भई प्राप्त उपलब्धिको रक्षाका लागि एक ढिक्का भएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार