Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निर्वाचन आचारसंहिता उल्लंघनमा मन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

    निर्वाचन आचारसंहिता उल्लंघनमा मन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 840
    SHARES

    काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतकाे जरिवाना रकम बुझाएका छन् ।

    मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।



    चौधरी जरिवाना बुझाउने बहालवाला पहिलो मन्त्री हुन् ।



    दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टीकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार