Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

    यूएईमा अनिवार्य मास्क लगाउनु पर्ने नियम खुकुलो

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 693
    SHARES

    एजेन्सी । यूएईले कोरोना महामारी रोकथामका लागि अनिवार्य रूपमा मास्क लगाउनु पर्ने नियमलाई खुकुलो बनाएको छ ।

    भोलि अर्थात् असोज १२ गतेदेखि लागू हुने गरी मल, रेस्टुरेन्ट, सुपर मार्केट, पार्क लगायता विभिन्न सार्वजनिक स्थलमा अनिवार्य मास्क लगाउन नपर्ने खबर त्यहाँको खालिज टाइम्सले लेखेको छ ।



    तर अस्पताल, क्लिनिक वा औषधि पसलहरूमा जाँदा भने मास्क अनिवार्य लगाउन पर्नेछ भने मस्जिदमा पनि मास्क अनिवार्य नै लगाउन पर्छ ।



    यसका साथै सार्वजनिक यातायातका साधन चढ्दा पनि मास्क लगाउन पर्ने खबरमा उल्लेख छ । यी तीन क्षेत्रबाहेक अन्य सबै क्षेत्रमा स्वेच्छाले मास्क लगाउँदा हुन्छ तर अनिवार्य भने छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार