Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • काठमाडौं महानगरले कुहिने फोहर फाल्न स्थान पहिचानको काम गर्दै

    काठमाडौं महानगरले कुहिने फोहर फाल्न स्थान पहिचानको काम गर्दै

    अनलाइन नेपाल
  • शुक्रबार, १४ असोज २०७९
  • 582
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले कुहिने फोहोर व्यवस्थापनका लागि स्थान पहिचानको काम सुरु गरेको छ ।

    बञ्चरेडाँडामा हानीकारक फोहोर व्यवस्थापन नगर्ने योजनाअनुरुप महानगरले यस किसिमको अभ्यास सुरु गरेको हो ।



    कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको महानगरले जनाएको छ । फोहोर व्यवस्थापन गर्न एउटा ठाउँमा कम्तीमा करिब ५० रोपनी जग्गा आवश्यक पर्ने छ ।



    हाल कामपा र अन्य १७ स्थानीय तहसहित उपत्यकाको १८ स्थानीय तहको फोहर अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लैजाने गरिएको छ ।

    बञ्चरेडाँडा उपयुक्त विकल्प नभएकाले कुहिने फोहोरलाई उपत्यकामा नै र नकुहिनेलाई अन्तिम व्यवस्थापनका लागि उक्त स्थानमा लैजान महानगरले स्थान पहिचान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार