Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इटहरीका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

    इटहरीका पूर्व-मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गर्दै

    अनलाइन नेपाल
  • शनिबार, १५ असोज २०७९
  • 1.2K
    SHARES

    विराटनगर । इटहरी उपमहानगरका पूर्व-मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् ।

    प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने पक्का भएपछि उनी माओवादी केन्द्र प्रवेश गर्ने भएका हुन् ।



    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको हातबाट टीका लगाएर पार्टी प्रवेशका लागि उनी शनिबार काठमाडौं पुगेका छन् । चौधरी नेकपा एमाले सुनसरीका पूर्व अध्यक्षसमेत हुन् ।



    चौधरीले माओवादी केन्द्र प्रवेश गर्ने निर्णयमा पुगेको बताए । उनले टिकट पाउने वा नपाउने विषय असोज २३ गते थाहा हुने बताए ।

    उनी सुनसरी क्षेत्र नम्बर २ को (क) बाट प्रदेशसभा सदस्यका लागि टिकटको दाबेदार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार