Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • पूर्व आइजीपी सर्वेन्द्रले काठमाडौं-६ बाट गराए उम्मेदवारी दर्ता

    पूर्व आइजीपी सर्वेन्द्रले काठमाडौं-६ बाट गराए उम्मेदवारी दर्ता

    अनलाइन नेपाल
  • आइतबार, २३ असोज २०७९
  • 969
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका पूर्व आइजीपी तथा नेकपा (एमाले) का नेता सर्वेन्द्र खनालले काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

    आज तारकेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।



    नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाशपछि स्वतन्त्र नागरिक अभियन्ताका रूपमा क्रियाशील रहेका थिए ।



    खनाललाई यही असोज ६ एमाले पार्टी कार्यालय, च्यासलमा अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरले स्वागत गरेका थिए ।

    सोही क्षेत्रबाट नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार