Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एपीएफ नवौं राष्ट्रिय खेलकुदको फाइनल प्रवेश

    एपीएफ नवौं राष्ट्रिय खेलकुदको फाइनल प्रवेश

    अनलाइन नेपाल
  • सोमबार, ३१ असोज २०७९
  • 549
    SHARES

    पोखरा । विभागीय क्लब एपीएफ नवौं राष्ट्रिय खेलकुदको फाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ६७ रनले हराएको हो ।

    एपीएफले दिएको १३० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ६२ रन बनायो । लुम्बिनीका लागि सुस्मिता बजगाईंले १२ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।



    लुम्बिनीलाई सस्तैमा समेट्न एपीएफका लागि नेरी थापाले सर्वाधिक ४ विकेट लिइन् । त्यस्तै रेखा रावल, सुमन विष्ट, सीता रानामगर र इन्दु बर्माले एक–एक विकेट लिए ।



    यसअघि पहिले ब्याटिङ गरेको एपीएफले जोती पाण्डेले ६९ रनको अर्धशतकीय पारी खेलिन् । त्यस्तै ममता चौधरीले १६ रन बनाउँदा रोमा थापाले १२ तथा सीता राना मगरले ११ रन जोडिन् ।

    लुम्बिनीका लागि कृतिका मरासिनीले दुई विकेट लिँदा मानेसा रानाले एक विकेट लिइन् । अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लब र बागमती प्रदेश बीचको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार