Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नवौं राष्ट्रिय खेलकुद : लङ जम्पमा राष्ट्रिय कीर्तिमानसहित सालिमलाई स्वर्ण

    नवौं राष्ट्रिय खेलकुद : लङ जम्पमा राष्ट्रिय कीर्तिमानसहित सालिमलाई स्वर्ण

    अनलाइन नेपाल
  • मंगलबार, १ कार्तिक २०७९
  • 876
    SHARES

    पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको पुरुष लङजम्पमा एपीएफ क्लबका सालिम देवहानले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् ।

    मंगलबार सलिमले ७.०६ मिटर जम्प गर्दै कीर्तिमानसहित स्वर्ण जितेका हुन् ।



    पोखरा रंगशालामा सलिमले कृष्ण बहादुर गिरिको नाममा रहेको ७ मिटरको कीर्तिमान भंग गरे । गिरिले १९९९ मा पाकिस्तानको इस्लामावादमा कीर्तिमान बनाएका थिए ।



    आर्मीका डिल्ली खत्रीले ६.९८ मिटर जम्प गर्दै रजत पदक जित्दा नारायण चौधरीले ६.८२ मिटर जम्प गर्दै कास्य पदक जिते ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार