Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • भारतीय युट्युबर जट्ट प्रभाज्वत सिंहको मोटरसाइकल दुर्घटना, पैदलयात्रीको मृत्यु

    भारतीय युट्युबर जट्ट प्रभाज्वत सिंहको मोटरसाइकल दुर्घटना, पैदलयात्रीको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ८ कार्तिक २०७९
  • 1.3K
    SHARES

    धादिङ । भारतीय युट्युबर प्रभाज्वत सिंह मोटरसाइकल दुर्घटनामा परेका छन् ।

    चितवनबाट काठमाडौंतर्फ आउँदै गरेका सिंह सवार भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले ठक्कर दिँदा धादिङको गजुरीमा एकजनाको मृत्यु भएको छ ।



    मृत्यु हुनेमा पैदलयात्री नयाँबारी बस्ने ७९ वर्षका सुर बहादुर धिताल छन् । सिंह जट्ट प्रभाज्वत नामले परिचित छन् । मंगलबार साँझ साव ५ बजेमा सिंहले चलाएको मोटरसाइकलले धिताललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।



    घाइते धिताललाई उपचारको लागी काठमाडौं ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । मोटरसाइकल चालक युट्युबर सिंह घाइते भएका छन् । उनको दुवै खुट्टा फ्याक्चर भएको र उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

    प्रभाज्वत भारतको नयाँ दिल्लीका हुन् । दुर्घटनामा परेर मृत्यु भएका धितालको शव अम्बेभरोसा अस्पतालमा गल्छिमा राखिएको छ । जट्ट बाइक राइडर समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार