Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • अभिनेत्री वर्षा शिवाकोटीको दु:खेसो – संवेदनशील घटनामा पनि युट्युबरहरुले चर्तिकला देखाए

    अभिनेत्री वर्षा शिवाकोटीको दु:खेसो – संवेदनशील घटनामा पनि युट्युबरहरुले चर्तिकला देखाए

    अनलाइन नेपाल
  • सोमबार, २४ जेष्ठ २०७८
  • 3.7K
    SHARES

    काठमाडौँ । अभिनेत्री वर्षा शिवाकोटीले चितवनमा एक महिलाको शंकाष्पद मृत्यु प्रकरणमा युट्यूवरहरुले चर्तिकला देखाएको टिप्पणी गरेको छिन् ।

    केहीदिन अघि चितवनकी सविता भण्डारीको शंकाष्पद मृत्यु भएको थियो । मृत्युपछि सविताका संवेदनशील भिडियोहरु युट्युव र टीकटकमा भाइरल भएका छन् । वर्षाले राज्यको न्याय प्रशासनभन्दा युटयूबरहरुको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु भएका टिप्पणी गरेकी छन् । त्यस्तै हिजो मात्रै राउटे युवती बलात्कृत भएका घटना सार्वजनिक भएको थियो।



    यसैबिषयमा दुखेसो पोख्दै अभिनेत्री शिवाकोटीले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘अझ रमाइलोका हिसाबले टीकटकमा लिपसिंकको होडबाजी छ, उनले थपिन्, ‘घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं । सक्छौं भने सबै मिलेर राज्यलाई दवाव सिर्जना गरौं ।’



    ‘व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं।’

    फेसबुकमा उनले लेखेको लेख यसप्रकार छ :
    ‘के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो ? अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले त्यस्तै देखाउँछन् । आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन् । न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन् ?? यस्तो कारूणिक घटनालाई मसला बनाएर युट्युबरहरू संवेदनशील विषयमा चर्तिकला देखाइरहेका छन्। राज्यको न्याय प्रशासन भन्दा युट्युबरहरूको अपरेसन प्रभावकारी हुनु भनेको न्याय मर्नु नै हो । अझ रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी छ । घटना संवेदनशील छन्, त्यसैले मेरो विनम्र अनुरोध छ, यस्ता घटनालाई मजाकको विषय नबनाऔं । सक्छौँ भनें, हामी सबै मिलेर राज्यलाई दबाब सृजना गरौं। व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार