Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • जथाभाबी भिडियो खिच्दै हिडेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ

    जथाभाबी भिडियो खिच्दै हिडेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ४ भाद्र २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    झापा । जिल्ला प्रहरी कार्यालय झापाले जथाभाबी भिडियो खिच्दै हिडेको आरोपमा युट्युबरसहित ३ जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की रहेका छन् ।



    पक्राउ परेका घिमिरेसहितका ब्यक्तिहरुले केहीदिन अघि व्यक्तिगत गोपनियताको ख्याल नगरी एक होटलमा खाजा खाइरहेका व्यक्तिहरुको विना अनुमित फोटो भिडियो खिचेका थिए । उक्त भिडियोको सामाजिक संजालमा चर्को आलोचना समेत भएको थियो।



    प्रहरीका अनुसार उनीहरुमाथि चरित्र हत्या गरेको अभियोग छ। यस्तै, संलग्न थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार