Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • यी हुन् ब्लूमबर्गले सार्वजनिक गरेका विश्वका २५ धनी परिवार, अम्बानी छैठौं स्थानमा

    यी हुन् ब्लूमबर्गले सार्वजनिक गरेका विश्वका २५ धनी परिवार, अम्बानी छैठौं स्थानमा

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 852
    SHARES

    एजेनसी । ब्लूमबर्गले विश्वका २५ सबैभन्दा धनी कारोबारी घरानाको सूची सार्वजनिक गरेको छ ।

    यो सूचीको पहिलो नम्बरमा छन्, २२४ अर्ब डलरका साथ वालमार्टको सन्चालन गर्ने वाल्टन परिवार । यो परिवार अमेरिकाको नर्थवेस्ट अरकन्सास बस्ने गरेको छ ।



    दोस्रो नम्बरमा पनि अमेरिकाको मार्स परिवार रहेको छ । यो परिवारको कूल सम्पत्ति १६० अर्ब अमेरिकी डलर भएको बताइएको छ । यो परिवारको मुख्य कारोबार कन्फेक्सनरी तथा घरेलु पाल्तु जनावरसम्बन्धी हो । यो परिवारको पाँचौ पुस्ताले यो काम गरिरहेको छ ।



    तेस्रो नम्बरमा कोच औद्योगिक परिवार रहेको ब्लूमबर्गले जनाएको छ । साउदी अरबको अल साउद परिवार अमिर कारोबारी घरानाको चौथों नम्बरमा रहेको छ । यो परिवारको कूल सम्पत्ति १०५ अर्ब डलर भएको बताइएको छ ।

    पाँचौ नम्बरमा फ्रान्सको हम्र्स परिवार रहेको छ । छैटौं नम्बरमा भारतको अम्बानी परिवार रहेको छ ।  यो सूचीमा छैटौं स्थानमा भारतको अम्बानी परिवार परेको छ।

    धीरुभाई अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रिजको स्थापना गरेका थिए। १९९५ मा, धीरुभाई अम्बानी यमनबाट फर्केर भारत आए र मुम्बईमा धागो व्यवसाय सुरु गरे।

    अम्बानी परिवारको कूल सम्पत्ति ८५ अर्ब डलर भएको ब्लूमबर्गले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार