Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, मागियो २० करोड भारु !

    मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, मागियो २० करोड भारु !

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 1.1K
    SHARES

    एजेन्सी । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ ।

    एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने धम्की दिएका हुन् ।



    ‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए ।



    समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार