Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • रथीमा खड्का, उपरथीमा बढुवा भएका थापा र तामाङले लगाए फुली

    रथीमा खड्का, उपरथीमा बढुवा भएका थापा र तामाङले लगाए फुली

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 852
    SHARES

    काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पदोन्नती भएका अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    कातिक १६ गतेको मन्त्रीपरिषद बैठकको निर्णयअनुसार पदोन्नती भएका नेपाली सेनाका अधिकारीलाई शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।



    शुक्रबार भ्रदकालीस्थित सेनाको मुख्यालयमा मन्त्रिपरिषदको निर्णय अनुसार उनले रथी र उपरथी गरी तीन जना बढुवा भएका अधिकारीले दर्ज्यानी चिन्ह प्रदान गरे ।



    सीताराम खड्कालाई रथी, बिजय थापा र आशबहादुर तामाङ पिएचडीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    आज रथीमा पदोन्नती भएका खड्का बलाध्यक्षमा नियुक्ती भएका छन् । त्यसैगरी उपरथी थापा सुदूरपश्चिम पृतना हेडक्वाटरका पृतनापति र तामाङ नेपाली सैनिक बार कलेजका शिक्षाध्यक्षमा नियुक्त सेनाको मुख्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार