Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर दानुष्का बलात्कारको आरोपमा पक्राउ

    विश्वकप खेलिरहेका श्रीलंकन क्रिकेटर दानुष्का बलात्कारको आरोपमा पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २० कार्तिक २०७९
  • 846
    SHARES

    एजेन्सी । श्रीलंकाका क्रिकेटर दानुष्का गुणातिलके बलात्कारको आरोपमा अष्ट्रेलियामा पक्राउ परेका छन् ।

    उनीविरुद्ध २९ वर्षीय महिलाले यौन हिंसा ‘सेक्सुअल एजल्ट’ गरेको आरोप गुणातिलकेलाई शनिबार पक्राउ गरिएको हो । श्रीलंकाको टोलीले उनलाई सिड्नी छोडेको बताएको छ ।



    क्रिकेट समीक्षक रेक्स क्लेमेन्टाइनले सामाजिक सञ्जालमा गुणातिलकेलाई शनिबार बलात्कारको आरोपमा पक्राउ गरिएको जानकारी दिए ।



    उनले लेखेका छन्, ‘गुणातिलके तीन साताअघि घाइते भएका थिए, त्यसपछि एसेल बन्दाराले टोलीमा स्थान पाएका थिए ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार