Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिनू

    आईजीपी सिंहको निर्देशन – केही उच्छृंखल तत्वले निर्वाचन विथोल्न खोज्छन्, निस्तेज पार्नू

    आईजीपी सिंहको निर्देशन – केही उच्छृंखल तत्वले निर्वाचन विथोल्न खोज्छन्, निस्तेज पार्नू

    अनलाइन नेपाल
  • मंगलबार, २२ कार्तिक २०७९
  • 822
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिएका छन् ।

    सोमबार साँझ प्रदेश प्रहरी प्रमुख, प्रदेश तालिम केन्द्र, जिल्ला प्रहरी प्रमुख र गणका प्रमुखलाई भर्चुअल माध्यामबाट सम्बोधन गर्दै महानिरीक्षक सिंहले निर्वाचन सुरक्षामा कुनै द्धिविधा हुन नदिन निर्देशन दिएका हुन् ।



    निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गरे । उनले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशनसमेत दिए ।



    तीन करोड नेपालीको विश्वास र सहभागिता रहेको निर्वाचनमा केही उच्छृंखल तत्वले विथोल्न खोज्छन् भने त्यसलाई उचित र प्रभावकारी कारवाही गरी निस्तेज पार्न समेत प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिए ।

    निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्यांकनको कडी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षाका क्रममा असल नियतबाट भएका काम-कारवाही प्रति संगठनको सदैव साथ रहने विश्वास दिलाए ।

    ६ महिना अघि स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले प्रदर्शन गरेको व्यावसायिकतालाई अक्षुण्ण राखी त्यसबाट प्राप्त आत्मविश्वास एवं नागरिकबाट प्राप्त जनविश्वासको जगमा अझ व्यावसायिक भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार