Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • आईजीपी सिंहले गरे सेवानिवृत्त एआईजीद्वयको बिदाइ

    आईजीपी सिंहले गरे सेवानिवृत्त एआईजीद्वयको बिदाइ

    अनलाइन नेपाल
  • बिहिबार, २४ कार्तिक २०७९
  • 759
    SHARES

    काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई बिदाइ गरेका छन् ।

    बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच आईजीपी सिंहले धानुक र बिसीलाई बिदाइ बिदाइ गरेका हुन् । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त भएका धानुक र बिसीलाई मायाको चिनो प्रदान गरे ।



    बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविच्छिन्न लामो सेवाद्वारा नागरिक र संगठनलाई गरेको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यावसायिक एवं सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गरे ।



    सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवं सहकार्य निरन्तर प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

    कार्यक्रममा सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए ।

    सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रवीन्द्र बहादुर धानुक र अरूण कुमार बिसी वि.सं. २०४९ चैत्र ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार