Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • फिल्म फ्लप भएपछि अभिनयबाट विश्राम लिने आमिरको निर्णय

    फिल्म फ्लप भएपछि अभिनयबाट विश्राम लिने आमिरको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 750
    SHARES

    एजेन्सी । भारतीय अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनयबाट विश्राम लिने निर्णय गरेका छन् ।

    फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर चर्चामा छन् । यस अघिका आमिरका फिल्म सबै बक्स अफिसमा सफल नै थिए । यसैबीच आमिरले आफ्नो करियरको बारेमा ठूलो खुलासा गरेका छन् ।



    सोमबार भारतको दिल्लीमा भएको एक कार्यक्रममा उनले अब अभिनयबाट केही समय ब्रेक लिने बताएका छन् ।



    आमिरको फिल्म ‘लाल सिंह चढ्ढा’ गत अगष्टमा रिलिज भएको थियो ।

    अद्वैत चन्दन निर्देशित फिल्म सन् १९९४ मा रिलिज हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो । यो फिल्मको सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । जसको असर फिल्मको बक्सअफिस कलेक्सनमा देखियो ।

    ट्रेलर रिलिज भएलगत्तै फिल्म बहिष्कारको ट्रेण्ड सामाजिक सञ्जालमा सुरु भएको थियो ।

    आमिरले अभिनयबाट विश्राम लिन चाहेको भन्दै आमिरले परिवार र बच्चासँग समय बिताउन चाहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार