Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

    लाल सिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 924
    SHARES

    काठमाडौं । बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् ।

    ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।



    फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।



    फिल्म फ्लप भएपछि आमिरले आफ्नो अभिनय पारिश्रमिक फिर्ता दिने निर्णय गरेका छन् । उनले फिल्मका लागि भएका सम्पूर्ण नोक्सानीको भरपाई गर्ने घोषणा गरेका छन् ।

    आमिरले फिल्म फ्लप हुने जिम्मेवारी आफैंले लिएका छन् । उनले फ्लपको दोष अरु कसैलाई नजाओस् भन्ने चाहेका छन् ।

    रक्षाबन्धनमा रिलिज फिल्ममा आमिरका अलावा करीना कपूर, मोना सिंह र साउथ अभिनेता नागार्जुनको पनि अभिनय थियो । यो फिल्म हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार