Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • आमिर खानकी छोरीले बिकिनीमै मनाइन् जन्मदिन

    आमिर खानकी छोरीले बिकिनीमै मनाइन् जन्मदिन

    अनलाइन नेपाल
  • बुधबार, २८ बैशाख २०७९
  • 1.7K
    SHARES

    काठमाडाैँ । बलिउडका सुपरस्टार भनिने आमिर खानकी छोरी आइरा खानले आफ्नो जन्मदिन परिवार र नजिकका साथीसँग मनाइन् ।

    यो विशेष अवसरका लागि आमिरका पूर्व पत्नीद्वय रिना दत्त र किरण राव सँगै देखिए । आइराका प्रेमी नुपुर शिखरे र सौतेनी भाइ आजादलाई पनि उक्त कार्यक्रममा देखियो ।



    गर्मी लागेसँगै पुल पार्टीभन्दा अरु राम्रो विकल्प के होला र ? आइराले आफ्नो जन्मदिन मनाउन यही अवधारणा अपनाइन् । उनको जन्मदिनका केही तस्बिर चर्चाको विषय बनेको छ । आइराले जन्मदिनको केक काट्दै गर्दा आमिर, आजाद र रिना उनको नजिकै थिए ।



    उनका जन्मदिनका तस्बिरमा धेरैले निकै नराम्रो कमेन्ट पनि गरेका छन् । धेरैले आइरा खानको भिन्न शैलीको आलोचना गरेका छन् । कतिले भने केट काट्नुभन्दा अघि ड्रेस चेन्ज नगरेको भन्दै उनको ‘संस्कार’ माथि पनि प्रश्न उठाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार