Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बक्सअफिसमा असफल भएपछि विक्षिप्त आमिर अमेरिका जाँदै

    बक्सअफिसमा असफल भएपछि विक्षिप्त आमिर अमेरिका जाँदै

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 951
    SHARES

    एजेन्सी । आमिर खानले फिल्म ‘लाल सिंह चड्ढा’का लागि तीन वर्षसम्म काम गरे । यद्यपि फिल्मलाई लिएर दर्शकले राम्रो प्रतिक्रिया दिन सकेनन् । जसकारण फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेन ।

    फिल्म बक्सअफिसमा असफल भएपछि आमिर बिदा मनाउनका लागि अमेरिका जाने योजना बनाउँदैछन् ।



    आमिर नयाँ प्रोजेक्टलाई सुरु गर्नुअघि दुई महिनाका लागि अमेरिका जान लागेका हुन् । उनी ‘लाल सिंह चड्ढा’को व्यापार देखेर विक्षिप्त छन् । उनी अमेरिकामा केही समय बसेर त्यहाँ ‘लाल सिंह चड्ढा’को अन्तर्राष्ट्रिय प्रदर्शनका विषयमा छलफल गर्नेछन् ।



    आमिरको आगामी फिल्म स्पोर्टस ड्रामा जनराको हुनेछ । यो फिल्म सन् २०१८ मा रिलिज स्पेनिस फिल्म ‘च्याम्पियन’को अफिसियल रिमेक हुनेछ । ओरिजिनल स्पेनिस फिल्मको कथा कमेडी ड्रामामा आधारित छ । यसको निर्देशन ‘शुभ मंगल सावधान’ फेम्ड निर्देशक आर एस प्रसन्नाले गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार