Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा फिल्म फ्लप भएपछि चीनतिर आमिर खानको नजर

    भारतमा फिल्म फ्लप भएपछि चीनतिर आमिर खानको नजर

    अनलाइन नेपाल
  • शनिबार, ४ भाद्र २०७९
  • 912
    SHARES

    एजेन्सी । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप साबित भइसकेको छ ।

    गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्स अफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् ।



    उनको नजर यतिबेला चीनतिर सोझिएको छ । चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् ।



    यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्स अफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ । यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्स अफिसमा राम्रो व्यापार गरेका छन् ।

    फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्स अफिस सय करोडको कमाई गरेको थियो । त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार