Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चुनावको मौका छोपेर मनलाग्दी मूल्यवृद्धि

    चुनावको मौका छोपेर मनलाग्दी मूल्यवृद्धि

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 582
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन नजिकिएसँगै काठमाडौं उपत्यकालगाउत देशभर उपभोग्य वस्तु मुल्य अस्वभाविक रुपमा बढाइएको छ ।

    सरकारी संयन्त्र आगामी निर्वाचन कसरी सम्पन्न गर्ने ? भन्नेतर्फ जुटिरहेको विभिन्न दलका नेता तथा आमनागरिक निर्वाचनको महोलमा लागेको मौका छोपेर व्यापारीले दैनिक उपभोग्य वस्तुलगायत हरेक सामानमा भारी मुल्य वृद्धि गरिरहेका छन् ।



    अहिले व्यापारीले गत तिहार र छठपर्वपछिको करिब दुई सातायता खाद्यान्न। तरकारीलगायत उभोग्य वस्तुको मूल्य १५ देखि ४० प्रशितसम्म बढाएका छन् । हाल छिमेरी मुलुक भारतले गहुँ , धान, चामललगायत खाद्यवस्तु निर्यात प्रतिबन्ध हटाइसकेको अवस्था छ ।



    युक्रेन र रुससबीचको आन्तरिक द्धन्द्धका कारण ती देशबाट आयात हुने तेललगायत खाद्यान्नको भाउ बढेको विगतका महिनाजस्तो सुनिएको छैन । वर्षत्का बेलाजस्तो बाढीपहिरोले सडक बाटोमा क्षेति पुर्याएर सामान ढुवानीका साधन आवाजावतमा कुनै असर परेको छैन ।

    किसानका खेतबारीबाट पनि धमाधम नयाँ आलु, काउली, गोलभेंडा , सागसब्जीलगायत तरकारी बजारमा सहज रुपमा भित्रिइरहेका छन् । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार