Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • उपत्यकामा आजदेखि निर्वाचन अवधिभर मदिरा बिक्री गर्न नपाइने

    उपत्यकामा आजदेखि निर्वाचन अवधिभर मदिरा बिक्री गर्न नपाइने

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 696
    SHARES

    काठमाडौं ।काठमाडौं उपत्यकामा मंसिर १ देखि निर्वाचन अवधिभर मदिरा बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूले बुधबार सो निर्णय गरेका हुन् ।

    मंसिर आज रातिबाट राति १२ बजेदेखि मंसिर ४ को मध्यराति सम्म मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए ।



    काठमाडौंका प्रमुख जिल्ला अधिकारी उपाध्यायको संयोजकत्वमा बुधबार बसेको तीनै जिल्ला प्रमुखसहितका सुरक्षा अधिकारी सम्मिलित बैठकले मदिरा विक्रीवितरण तथा सेवनमा निषेध गर्ने निर्णय गरेको हो ।



    उनले मतगणनास्थलमा भने मतगणना नसकिँदासम्म मदिरा बेचबिखनमा रोक लगाइएको छ । यस्तै बैठकले उपत्यकामा ४ मंसिर आइतबारका दिन सवारी–साधन सञ्चालनमा समेत रोक लगाउने निर्णय गरेको छ । निर्वाचन आयोगले तोकेको मापदण्डबाहेकका सवारी–साधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार