Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध

    बाँकेमा आज मदिरा बिक्री र सेवन गर्न निषेध

    अनलाइन नेपाल
  • बुधबार, ८ कार्तिक २०८०
  • 420
    SHARES

    बाँके । बाँकेमा आज मदिरा बिक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ ।

    बडादसैंको भोलिपल्ट आज निस्कने दुर्गा मूर्ति विसर्जन र्‍यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।



    बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा आज बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, बिक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ।



    सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ। प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ।

    नेपालगन्जलगायत बाँकेका विभिन्न स्थानमा राखिएका दुर्गा भवानीको मूर्ति एकादशीका दिन जलकुण्ड, नदी र घाटमा लगेर विसर्जन गर्ने परम्परा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार