Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • बीआईसीसी प्रवेश गर्ने भाग्यमानी तीन जोडी सांसद

    बीआईसीसी प्रवेश गर्ने भाग्यमानी तीन जोडी सांसद

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 990
    SHARES

    काठमाडौं । यो पटकको निर्वाचनबाट तीन दम्पति संघीय संसद भवन अर्थात् वीरेन्द्र अन्तर्राष्ट्रिय कन्भेन्सिङ सेन्टर (बीआईसीसी) प्रवेश गर्ने भएका छन् ।  पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद् बनेका छन् ।

    धनुषाका चार प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा एमालेबाट श्रीमान–श्रीमतीले नै प्रत्यक्षतर्फ चुनाव जितेका छन् । नेकपा एमालेबाट रघुवीर महासेठ र उनकी पत्नी जुली महतोले एकसाथ जितेर रेकर्ड दर्ज गराएका हुन् ।



    एमालेका उम्मेदवार बनेका धनुषा ४ बाट रघुवीर र धनुषा ३ बाट पत्नी जुलीले विजय हासिल गरेकी छन् । जुलीलाई जसपाको समर्थन थियो ।



    रघुवीर सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सह९महामन्त्री महेन्द्र यादव, जसपालगायतका उम्मेदवारसँग एक्लै लडेका थिए ।

    धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । महासेठ र महतो श्रीमान–श्रीमती हुन् ।

    उसो त प्रतिनिधिसभामा थप दुई जोडी पनि आउने निश्चित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा तथा जसपा नेता अशोक राई र उनकी श्रीमती सुशीला श्रेष्ठ संसदमा देखिनेछन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् भने उनकी श्रीमती आरजु राणा कांग्रेसको समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा छिन् ।

    यस्तै, जनता समाजवादी पार्टी जसपाका अशोक राई सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका छन् । सुशीला श्रेष्ठको नाम समानुपातिकमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार