Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुने

    स्याङ्जा २ को मतगणना आज साँझदेखि सुरु हुने

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 729
    SHARES

    काठमाडौं । स्याङ्जा क्षेत्र नं.२ को मतगणना शुरु गर्नका लागि अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

    निर्वाचन आयोगले तत्काल मतगणना शुरु गर्न निर्देशन दिएपछि आजबाट मतगणना सुरु गर्ने तयारी गरिएको हो ।



    आज ४ बजे बोलाइएको सर्वदलीय बैठकपछि मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    लामो समयको अन्योलबीच निर्वाचन आयोगले स्याङ्जा २ र बाजुरामा पुनः मतदान नगर्ने र मतगणना सुरु गर्ने निर्णय गरेको थियो ।

    मङ्सिर ४ गते सम्पन्न भएको मतदानको ११ दिनपछि मतगणना सुरु हुन लागेको हो ।

    चापाकोट नगरपालिकाको चार बुथमा धाँधली गरी बुथ कब्जा भएको नेकपा एमालेले आरोप लगाउँदै पुनः मतदानको माग गर्दैआएको छ । कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार