Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • मतगणना सुरु गर्न स्याङ्जामा सर्वदलीय बैठक

    मतगणना सुरु गर्न स्याङ्जामा सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 606
    SHARES

    स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु गर्न १:३० बजे सर्वदलीय बैठक बोलाइएको छ ।

    गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनका दिन केही मतदान केन्द्रमा बुथ क्याप्चर भएको भन्दै एमालेले उजुरी गरेपछि मतगणना कार्य अघि बढ्न सकेको थिएन ।



    बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएपछि मतगणना कार्य अघि बढाउन लागिएको हो । त्यसका लागि सबै दलका प्रतिनिधि बोलाएर छलफल सुरु गरिएको स्याङ्जा क्षेत्र नम्बर २ मा निर्वाचन अधिकृत रामचन्द्र शर्माले रातोपाटीलाई जानकारी दिए ।



    स्याङ्जा–२ मा नेकपा एमालेकोतर्फबाट पद्मा अर्याल र नेपाली कांग्रेसकी उपसभापति धनराज गुरूङ उम्मेदवार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार