Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘अर्थतन्त्र थप जटिलतातिर उन्मुख’

    ‘अर्थतन्त्र थप जटिलतातिर उन्मुख’

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 789
    SHARES

    काठमाडौं । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ ।

    नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र लतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ ।



    चालु आर्थिक वर्ष २०७९/८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ ।



    राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत हुने राष्ट्र बैंकले जनाएको छ ।

    नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा। प्रकाशकुमार श्रेष्ठले मुद्रास्फीति बढ्ने अनुमान गरिएको जानकारी दिए । नागरिक दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार