Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • उकेरा डटकमको समाचार अनधिकृत रूपमा हटाइएको प्रति महासंघको ध्यानाकर्षण

    उकेरा डटकमको समाचार अनधिकृत रूपमा हटाइएको प्रति महासंघको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 903
    SHARES

    काठमाडौं । पाथसिड नेपाल प्रालि द्वारा सञ्चालित उकेरा डटकमको सिएमएसमा प्रवेश गरी प्रकाशित सामग्री हटाएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    उक्त प्रालिका अनुसार उपराष्ट्रपति नन्दकिशोर पुनका पुत्र दीपेश पुनको सहकारीसम्बन्धी समाचार, स्वतन्त्र पार्टी नेपालका अध्यक्ष रवि लामिछानेको नागरिकतासम्बन्धी केही समाचार र सुकुम्बासीसम्बन्धी समाचार हटाइ अन्य असम्बन्धित समाचार पोष्ट गरिएको छ ।



    सचिव पवन आचार्यद्वारा विज्ञप्तिमा भनिएको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको कडा विरोध र भत्र्सना गर्दछ । र, कानुनविपरीत यस्ता कार्य गर्नेमाथि छानबिन गरी कारबाही गर्न तथा भविष्यमा यस्ता कार्य दोहोरिन नदिन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ ।’



    प्रकाशित समाचारमाथि चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी दिने र अदालतसम्म जाने विकल्प हुँदाहुँदै प्रविधिको दुरुपयोग गरी सिएमएसमा प्रवेश गरी प्रकाशित समाचार हटाउने कार्यले प्रेस स्वतन्त्रतामाथि गम्भीर आघात पुग्नुका साथै साइबरसम्बन्धी कानुनकोसमेत गम्भीर उल्लङ्घन भएको महासंघको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार