Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता, नयाँ सरकार गठनबारे छलफल

    माधव नेपाल र कांग्रेस उपसभापति खड्काबीच भेटवार्ता, नयाँ सरकार गठनबारे छलफल

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 798
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

    उपसभापति पूर्णबहादुर अध्यक्ष नेपाललाई भेट्न नेपालनिवास कोटेश्वर पुगेका हुन् । भेटमा निर्वाचनको समीक्षाका साथै वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको बताइएको छ ।



    त्यस्तै सत्ता गठबन्धनमा अरु दललाई पनि सहभागी गराउने विषयमा पनि कुराकानी भएको उपसभापति खड्काको सचिवालयले जनाएको छ ।



    यसैगरी भेटमा दुवै नेता प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा एक अर्कालाई बधाई आदानप्रदान गरेका थिए । यसअघि खड्काले गत बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार