Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • दोलखाको गणना नसकिँदै बर्माद्वारा हार स्वीकार, भने- चुनाव हराउने सुर्यमुखी काँग्रेसलाई बधाई

    दोलखाको गणना नसकिँदै बर्माद्वारा हार स्वीकार, भने- चुनाव हराउने सुर्यमुखी काँग्रेसलाई बधाई

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 2.2K
    SHARES

    काठमाडौं । दोलखाको प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका बर्मा लामाले हार स्वीकार गरेका छन् । मतगणना नसकिँदै कांग्रेस दोलखाका साभापति समेत उनले सामाजिक सञ्जाल फेसबुकमार्फत हार स्वीकार गरेका हुन् ।

    उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार भरत केसीलाई बधाईसमेत दिए । साथै उनले आफूले जित्दाजित्दैको निर्वाचन सूर्यमुखी कांग्रेसका कारण हारेको आरोप लगाएका छन् ।



    कांग्रेसले नै एमालेलाई सहयोग गरेकाले आफूले हार्नुपरेको उनले संकेत गर्दै सूर्यमुखी कांग्रेस र पत्रकारजीहरुलाई समेत ब्यंग्यात्मक बधाइ दिएका छन् ।



    बधाई मात्र होइन, उनले शुभयात्रा शब्द समेत प्रयोग गरेका छन् । लामाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘सुर्यमुखी काँग्रेसहरु जसले जित्दाजित्दैको निर्वाचन हराउन सफल हुनुभयो त्यस्ता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहन्छु ।

    नेपाली काँग्रेसलाई बचाउन इमानदारीपूर्वक लड्ने सिपाहीहरु, मतदाताहरु, सहयोगी मनहरुलगायत सम्पूर्ण शुभचिन्तकहरुप्रति हार्दिक नमन गर्दै कृतज्ञता ब्यक्त गर्दछु । म तपाईंहरुको दुःखको साथीको रुपमा जीवन छउन्जेल रहनेछु, सम्झना राख्नुहुनेछ भन्ने विश्वास लिएको छु । अन्य कुराहरुको समीक्षा पछि गरौला ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार